समाचार

डेंगी संक्रमितको संख्या ४० हजार नाग्यो



काठमाडौँ, ३० असोज । यसवर्ष साउनयता डेंगी संक्रमितको संख्या ४० हजार २९ र मृतकको संख्या ४८ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १२ हजार २५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ८ हजार ७१४ र भक्तपुरमा २ हजार ७३० गरी उपत्यकामा डेंगी संक्रमितको संख्या २३ हजार ६९६ पुगेको छ ।

उपत्यका बाहिर मकवानपुरमा ४ हजार ५०, दाङमा २ हजार पाँच, चितवनमा १ हजार ४६०, रुपन्देहीमा १ हजार १७५ तथा धादिङमा ६८३ जनामा संक्रमण देखिएको छ । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या २०० देखि ५०० जनासम्म रहेको छ ।