Banner News

प्रहरीमा जवानको पेन्सन अवधि १६ वर्ष बनाउन छलफल हुँदैछ : गृहमन्त्री



काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीका जवान र हवल्दारको पेन्सन अवधि १६ वर्ष बनाउनेबारे छलफल भइरहेको बताएका छन् ।

आज ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा मन्त्री खाणले प्रहरीका जवान र हवल्दारको पेन्सन अवधि १६ वर्ष बनाउनेबारे छलफल भइरहेको बताए ।

उनले भने, ‘जवान र हवल्दारको पेन्सन अवधि घटाएर १६ वर्ष बनाउनेबारे छलफल भइरहेको छ ।’ अहिले जवानदेखि वरिष्ठ प्रनानिसम्मले २० वर्ष पुगेपछि जागिर छाडेमा पेन्सन पाउँछन् ।