तनहुँ, १ कार्तिक । म्याग्दे गाउँपालिका–७ स्वामीधाराका सोमबहादुर सार्की शारीरिक रुपमा अपाङ्गता छन्। चार वर्ष अगाडी काम गर्दा गर्दै अचानक ढलेका उनी त्यसपछि आफ्नै सहारामा उठ्न सकेका छैनन्। उठ्न पर्यो भने उनलाई परिवारको सहारा चाहिन्छ ।
उनको दैनिकी ह्विलचियरबाट चलिरहेको छ । घरको मूली नै शारीरिक अपाङ्गता भएपछि परिवार चिन्तित छन् । उनले हालसम्म अपाङ्गता परिचयपत्र पाएका थिएनन् । गाउँपालिकाले घरमै ल्याएर परिचयपत्र प्रदान गर्दा उनको मुहारमा खुशी छाएको छ । गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरको अवसरमा वडाध्यक्ष बसन्तकुमार श्रेष्ठले घरमै पुगेर सार्कीलाई निलो रङ्गको परिचयपत्र प्रदान गरेका छन् ।
“अपाङ्ग भइसकेपछि अपाङ्गता परिचयपत्र बनाउनका लागि जान कोशिस गरेतापनि पालिकाको कार्यालय धेरै टाढा पर्छ, जान आउन पनि समस्या हुँदै आएको थियो,” उनले भने, “गाउँपालिकाले घरमै ल्याएर दिँदा राहतको महशुस भयो ।” अपाङ्गता परिचयपत्र प्राप्त गरेपछि सरकारी तवरबाट प्राप्त हुने सुविधा पाउनेमा सार्की विश्वस्त छन् । म्याग्दे –७ स्वामीभञ्ज्याङका ६३ वर्षीया देउमाया भुजेलले घर नजिकैबाट ज्येष्ठ नागरिक परिचयपत्र पाए । ज्येष्ठ नागरिक परिचयपत्र बनाउन एक घण्टा भन्दा बढीको पैदल र सवारी यात्रा गरी गाउँपालिको कार्यालयसम्म पुग्नुपर्ने बाध्यता रहेको उनले घरदैलोमा नै परिचयपत्र पाउँदा खुशी लागेको बताए ।
निलो रङ्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेपछि मासिक सामाजिक सुरक्षा भत्ता बापत रु तीन हजार उपलब्ध गराउने प्रावधान रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले दिए । सोही वडाका ५९ वर्षीय कृष्णबहादुर विकले घरमै कोभिड–१९ विरुद्धको खोप लगाउन पाउँदा खुशी लागेको बताए । “खुट्टा काटिएर अपाङ्ग भएर बस्नुपरेपछि खोप लगाउन जान पनि सकेको थिइँन, सबैले खोप लगाइसके पनि आफू खोप केन्द्रसम्म जान नसक्दा घरमा नै आएर खोप लगाइदिएको आभारी छु,” उनले भने ।
निलो रङ्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेपछि मासिक सामाजिक सुरक्षा भत्ता बापत रु तीन हजार उपलब्ध गराउने प्रावधान रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले दिए । सोही वडाका ५९ वर्षीय कृष्णबहादुर विकले घरमै कोभिड–१९ विरुद्धको खोप लगाउन पाउँदा खुशी लागेको बताए । “खुट्टा काटिएर अपाङ्ग भएर बस्नुपरेपछि खोप लगाउन जान पनि सकेको थिइँन, सबैले खोप लगाइसके पनि आफू खोप केन्द्रसम्म जान नसक्दा घरमा नै आएर खोप लगाइदिएको आभारी छु,” उनले भने । रासस










प्रतिक्रिया दिनुहोस्