राजनीति

ललितपुरको कला, सम्पदा र संस्कृतिको प्रवद्र्धन गर्न मेरो उम्मेदवारी: मन्त्री भुसाल



काठमाडौँ, १ कार्तिक । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले ललितपुर जिल्लाको कला, सम्पदा र संस्कृतिहरुको प्रवद्र्धन गर्न आफू उम्मेदवार बनेको बताउनुभएको छ ।

गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएको उहाँले ललितपुरमा कृषि पर्यटनको अवधारणा लागु हुनुपर्ने भन्दै त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले पर्यटनमा आधारित अर्थतन्त्र, समतामुलक समाज र स्वच्छ पर्यावरणलाई विशेष प्राथमिकता दिएर सो अनुरुपको नीति र कार्यक्रम बनाउन आफू प्रतिवद्ध रहेको पनि बताउनुभयो ।