झापा, २ कार्तिक । झापामा आफैलाई गोली हानेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–८ जुरोपानी का ३६ वर्षका बिरन साहले विवाद हुदाँ १५ वर्षका हेमराज साहलाई गोली हानेका थिए ।
नाताले भतिज पर्ने हेमराजलाई गोली हानेर फरार बिरनको शव सुकुना खोला किनारमा फेला परेको हो । बिरनले आफैलाई गोली हानेर मृत्यु भएको प्रहरीको भनाई छ । घटनामा घाइते भएका हेमराजको बी एन्ड सी अस्पतालमा उपचार भैरहेको छ ।
घटनास्थलबाट एक थान कटुवा पेस्तोल, दुई थान म्यागजिन, गोलीको खोका र १५ राउण्ड गोली फेला परेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्