राजनीति

मंसिर ४ को चुनाव सामान्य निर्वाचन होइन : अध्यक्ष प्रचण्ड



काठमाडौँ, २ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ गते हुने आमनिर्वाचन सामान्य निर्वाचन नभएको बताएका छन् ।

ललितपुरमा प्रेस सेन्टर नेपालको कार्यक्रममा बोल्दै प्रचण्डले मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन मात्रै हो भन्ने छुट नभएको भन्दै जनमत निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।

मंसिर ४ को चुनाव अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्ने बीचको लडाइँ प्रचण्डको भनाइ छ । प्रतिक्रियावादीहरुले माओवादी र त्यसको नेतृत्वमाथि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘हामी बलियो हुँदा परिवर्तन जोखिन्छ र समाजवादमा जान आधार पनि तयार हुन्छ ।’