समाचार

आजदेखि जावलाखेल मैदानमा पुष्प मेला तथा प्रदर्शनी



काठमाडौँ, ३ कार्तिक । गोदावरी फूल मेला तथा प्रदर्शनी आजदेखि सुरु हुँदैछ । ललितपुरको जावलाखेल मैदानमा हुने १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको बिहान ११ बजे उद्घाटन हुनेछ ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरीपरी’ नाराका साथ मेला हुन लागेको हो । तिहार तथा छठ पर्वलाई लक्षित गरी मेला आयोजना गरिएको र तयारी पूरा भएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार तिहार तथा छठ पर्व, घर आँगन/बगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्ने उद्धेश्यका साथ मेला गरिएको हो ।