समाचार

अरिङ्गालकाे टाेकाइबाट एक जनाको मृत्यु



अर्घाखाँची, ३ कार्तिक । अर्घाखाँचीको शितगंगामा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार गाई चराउन गएकी शितगंगा नगरपालिका–३ ठाडा पदमीकी २१ वर्षीया रोमा सारुलाई अरिङ्गालले टाेकेकाे थियाे । अरिङ्गलाले टाेकेर गम्भीर घाइते भएकी सारुकाे उपचारका क्रममा बिहीवार देवदह मेडिकल कलेजमा मृत्यु भएको हो ।