काठमाडौँ, ६ कार्तिक । डा.बाबुराम भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) ले उच्च तहका भ्रष्टाचार छानविन गरी कारवाही गर्न जनलोकपाल गठन गर्ने जनाएको छ ।
पार्टीले आगामी निर्वाचनका लागि तयार पारेको चुनावी घोषणापत्रमै जनलोकपाल गठनको विषय समेटेको हो । सार्वजनकि गर्ने तयारी घोषणापत्रमा ‘सुशासन र सदाचार’ शीर्षकमा समेटेका १० बुँदामध्ये दुई नम्बर बुँदामा जनलोकपाल गठनको विषय उल्लेख छ ।
उच्च तहका भ्रष्टाचारजन्य घटनाहरूको समेत छानबिन गरी कारबाही गर्न अधिकारसम्पन्न जनलोकपाल (पब्लिक अम्बुड्जमन) को गठन गरिनेछ’, नेसपाका घोषणापत्रमा भनिएको छ ।










प्रतिक्रिया दिनुहोस्