राजनीति

घोषणापत्रले सस्तो प्रचार समेटेको छैन : महामन्त्री शर्मा



काठमाडौं, १२ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा राज्यले अंगीकार गरेको दिगो विकासका कुरा एकातिर छोडेर निर्वाचनलाई प्रभाव पार्ने सस्तो कुरालाई प्राथामिकता नदिएको बताएका छन् ।

आज कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले पाँच वर्ष संसद् चलाउने र स्थिर सरकार दिने प्रतिवद्धतासमेत जारी गरे ।

उनले भने, “बीपीले लेखेको दस्तावेजदेखि वैशाखको स्थानीय तहको निर्वाचनको घोषणासम्मका विषयहरु समावेश छन् । यस्तै, विविधताको विषयमा पनि लेखेका छौं,” ह्विल चियरमा बसेका, साहित्य कलामा समावेश भएका मात्र होइन पाका उमेर समूह र पहिलोपटक भोट हाल्ने युवकको घोषणापत्र लेखनमा सहभागिता रहेको छ । समावेशीताको अनुहार पनि यहाँ चित्रित छ । विज्ञ अर्थशास्त्री र वौद्धिकहरुको सहभागिता छ ।”