काठमाडौँ, १८ कार्तिक । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग जवाफ मागेको छ ।
नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ‘ग्राउन्ड ह्यान्डलिङ’को कार्य हिमालय एयरलाइन्सले गरेको हो/होइन भन्ने विषयमा जवाफ दिन आयोगले मन्त्रालयमा पत्र पठाएको हो ।
आयोगले पठाएको पत्रमा भनिएको छ, “नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ग्राउन्ड ह्यान्डलिङको कार्य हिमालय एयरलाइन्सले समेत गर्ने गरी अनुमति प्रदान गर्न लागिएको हो/होइन ? यो पत्र प्राप्त भएको दुई दिनभित्र यथार्थ व्यहोरा खोली जवाफ पठाउन अनुरोध छ ।”










प्रतिक्रिया दिनुहोस्