Banner News

दार्चुलामा ओलीको अतिक्रमित भूमि फिर्ता लिने उद्घोष



काठमाडौं, १८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो एक इन्च जमिन पनि नछाड्ने बताउनुभयो । आज दार्चुलाबाट एमालेको चुनावी सभालाई सुरु गर्दैै उहाँले आफूलाई ठूलो राष्ट्र ठान्ने भारतको चित्त भने सानो देखिएको बताउनुभयो । त्यस्तै राष्ट्रियताको प्रश्नमा आफ्नो एक इन्च जमिन पनि नछाड्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हामीले संसदबाट नक्सा जारी गरिसकेका छौँ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौँ । आफ्नो अतिक्रमित भूमि फिर्ता लिन्छौं । चुनाव घोषणापत्रमा जारी गर्दा २० वटा ग्यारेन्टी हामीले गरेका छौँ ।’ एक अर्को प्रसंगमा उहाँले लिपुलेक र लिम्पियाधुराको कुरा गर्दा तत्कालिन एमालेका नेता स्व प्रेमसिंह धामीको पनि स्मरण गर्नुभएको थियो । उहाँले दार्चुलाको समस्या आफूले बुझेको पनि सुनाउनुभयो ।