काठमाडौ , १९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन लुटाहाहरूको गठबन्धन भएको बताउनुभएको छ । उहाँले सत्ता गठबन्धन भिजनलेस खन्चुवाहरूको टालाटुली बटुली मात्र भएको बताउँदै भन्नुभयो यीनको उदेश्य भनेको एक मात्र देश लुटने भएको बताउनुभयो ।
परमादेशको गठबन्धन ले यदी जनादेश पनि पाए भने देशको भविश्य अन्धकार हुने ठोकुवा गर्नुभयो । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनलाई आज होटल पार्क भिलेजमा उद्घाटन गर्दै अध्यक्ष ओली मंसिर ४ मा एमालेले गठबन्धनलाइ बढार्ने बताउनुभयो । उहाँले हाम्रोजस्तो प्रणालीमा एउटा मात्र पार्टीले बहुमत ल्याउनु भनेको सजिलो छैन । तर, त्यही असजिलो काम एमालेले फत्ते गर्छ र असाधारण काम फत्ते गर्ने पार्टी भनेकै एमाले हो भन्नुभयो ।










प्रतिक्रिया दिनुहोस्