अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २० कार्तिक । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला १४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।