राजनीति

आयोगले मतदाता नामावलीबाट २ लाख ५० हजारको नाम हटायो



काठमाडौँ, २० कार्तिक । निर्वाचन आयोगले मतदाता नामावलीबाट २ लाख ५० हजारको नाम हटाएको छ ।

आगामी निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा मृतक र दोहोरिएका मतदाताको नाम हटाइएको हो ।

आयोगका अनुसार स्थानीय निर्वाचनपछि नाम हटाउन आयोगले गरेको परिपत्रबमोजिम २ लाख ३० हजार मृतक मतदाता र दोहोरिएका २० हजार गरी २ लाख ५० हजार मतदाताको नाम हटाएको हो ।

आगामी निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मतदान गर्न योग्य छन् । वडाले गरेको सिफारिसका आधारमा मतदाताको नाम हटाइएको आयोगले जनाएको छ ।