काठमाडौँ, २२ कार्तिक । महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले नेतृत्व नगर्दासम्म उदयपुर सिमेन्ट उद्योग बन्दप्राय: अवस्थामा रहेको थियो । शुसासन नै आफ्नो पहिलो प्राथमिकताका साथ उद्योगको नेतृत्व गर्नुभएको न्यौपानेले उद्योगलाई पुनःर्जिजन दिनुभएको छ । जसले गर्दा सरकारलाई नै आर्थिक रुपमा ठूलो उपलब्धीको रुपमा स्थापित गराउनुभएको छ । सरकारले उद्योगको क्षमता बिस्तार सम्बन्धमा अभिभावकत्व ग्रहण नगरेको, उद्योग व्यवस्थापनले शुरुदेखि मर्मतसम्भारमा ध्यान नदिएको र शुसासनमा कमी भएको कारणहरुले गर्दा उद्योगले आ.व. २०७६/७७ सम्ममा ५ अर्व ५० करोड संचित नोक्सानी व्यहोर्नु परेको थियो ।
महाप्रवन्धक न्यौपानेले नेतृत्व गरेसँगै उद्योगमा भएको प्रगतिको विवरण
१. उदयपुर सिमेन्ट उद्योग पूर्ण सरकारी उद्योग हो । यसका शेयरधनी उद्योग मन्त्रालय र अर्थ मन्त्रालय रहेका छन् । मूलतः सरकारले यो उद्योगको क्षमता बिस्तार सम्बन्धमा अभिभावकत्व ग्रहण नगरेको, उद्योग व्यवस्थापनले शुरुदेखि मर्मतसम्भारमा ध्यान नदिएको र सूसासनमा कमी भएको कारणहरुले गर्दा उद्योगले आ.व. २०७६/७७ सम्ममा ५ अर्व ५० करोड संचित नोक्सानी व्यहोर्नु परेको थियो । उद्योगले दैनिक १६ हजार ८ सय बोरा सिमेन्ट उत्पादन गर्नुपर्ने हो तर अहिलेसम्म यसले पूर्ण क्षमतामा कहिल्यै उत्पादन गर्न सकेको देखिदैन । महाप्रबन्धक गोपीकृष्ण न्यौपाने आउनु अघि दैनिक ४ हजार भन्दा कम उत्पादन हुने गरेकोमा उनी आएपछि केही मर्मतसम्भार गरि दैनिक ७ हजार ४ सय बोरा सिमेन्ट उत्पादन भएको छ ।
२. यसरी कम उत्पादन हुनुको मूल कारण चै मेसिनरीहरुको जीर्ण अवस्था नै हो । स्ट्राइकर/रिक्लाइमर अटोमेसन थियो, अहिले मान्छेले जोखीम मोलेर घचेटेर म्यानुअल्ली चलाउनु परेको छ, जिसीटीको माथिल्लो भागमा लागेका नोजल र कोणहरु काम नगर्ने अवस्थामा छन्, ब्लेण्डिङ्ग र एरिएसन राम्रो संग हुन सकेको छैन, ग्यांस एनालाइजरले काम गर्दैन, क्लिन सेलको २१ मिटर जति भाग कामै नलाग्ने प्राविधिक प्रमाणित भै नयाँ फेर्ने प्रक्रिया भैसकेको भएतापनि रकम अभावले ढिलो भैरहेको छ, उत्पादनमा महत्त्वपूर्ण भूमिका रहेको बर्नरले काम गर्दैन, कोल मिलको अवस्था दयनीय छ, कुलरमा समस्या छ, सिमेण्ट मिलको डाइफर्म र बल फेर्नुपर्नेछ, सबैभन्दा ठूलो ट्युनिङ्ग बियरिङ्ग फेर्ने बेला भएको छ, रोपवेको कमनिकेसन तार र सिष्टममा सुधारको खाचो छ, कच्चापदार्थ र तयारी बस्तु राख्ने खुल्ला यार्डलाई छानो लगाउनुछ । यी लगायत महत्त्वपूर्ण पार्टपुर्जाको स्टक राख्नुपर्ने अवस्थाको बारेमा बारम्बार शेयरधनी सरकारको ध्यानाकर्षण गराउंदा पनि थप लगानी जुटाउन सकिएको छैन । उल्लिखित मिल मेसिनरीको भारतको डिसिपिएल कम्पनीबाट अडिट गराई ५८७ पेजको प्रतिबेदन प्राप्त भएको छ । सो प्रतिबेदनमा अहिलेको दैनिक १६ हजार ८ सय बोरा सिमेण्ट उत्पादन गर्न के के सुधार गर्नुपर्ने, दैनिक ६ हजार बोरा उत्पादन थप गरि २२ हजार ८ सय बोरा पुर्याउन के के सुधार गर्नुपर्ने र सो भन्दा थप क्षमता बिस्तार गर्न के के सुधार गर्नुपर्ने भन्ने स्पष्ट मार्गदर्शन गरिएको छ । सोही प्रतिवेदनका आधारमा महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले संभाव्यता अध्ययन समेत गराई सो अनुसार ५६ करोड ७२ लाख स्थिर पुंजी लगानी गर्नुपर्ने प्रस्ताव संचालक समितिमा पेस गरी पारित भएको छ ।
३. सो अनुसार ऋण लगानीको लागि उद्योग मन्त्रालयमा पेस भै उद्योगले पेस गरेको प्राविधिक प्रतिबेदन र संभाव्यता अध्ययन उपयुक्त भएकोले ऋण लगानी गरिदिन अर्थ मन्त्रालयलाई सिफारिस गरिएको छ । तर अर्थ मन्त्रालयले यसलाई प्राथमिकता नदिदा उद्योग अझ धाराशायी बन्ने अवस्थामा पुग्ने देखिन्छ । तीन वर्ष भित्र लिएको ऋणको सावाँ ब्याज सहित फिर्ता गर्न सकिने महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको प्रतिवद्वता रहेको छ । अर्थ मन्त्रीले उद्योगको क्षमता बिस्तार गर्न आवश्यक प्रबन्ध गरिनेछ भनेर बजेट बक्तब्यमा उल्लेख गर्नुभएको, अझ यो पूर्ण सरकारी स्वामित्वको सिमेन्ट उद्योग भएकोले यसको थप लगानी गरेर पूर्ण उत्पादन क्षमता उपयोग गर्दै थप क्षमता बिस्तार गरि उत्पादित बस्तु क्लिंकर र सिमेण्ट सस्तो दरमा नेपाल भित्र र भारत तर्फ निकासी गर्न सकिने प्रवल संभावना रहेकोमा सरकारले अनदेखा गरिरहंदा यो उद्योग र उद्योगका अबकाश उन्मुख कर्मचारी जसकोअरबौंको दायित्त्व रहेको छ, ती निरास हुँदै जाने अवस्थाको सृजना हुनु दु:खद कुरा हो ।
४. महाप्रबन्धक गोपीकृष्ण न्यौपाने आउँदा उद्योग बन्दप्राय: अवस्थामा थियो, उनी आइसकेपछि व्यापक सुधार गरि आ. ब. २०७७/७८ मा रहेको ३० करोडको नोक्सानीलाई पूर्ति गरि आ.व. २०७९/८० मा ब्रेक इभन पोइण्टमा पुर्याएका छन् । आ. ब. २०७७/७८ को बित्तीय बिवरण नेपाल फाइनान्सीयल रिपोर्टिङ्ग स्टाण्डर्डस (एनएफआरएस) बमोजिम सम्पत्ति र दायित्वको मूल्यांकन गरि रु. ५ अर्व ५० करोडको संचित नोक्सानी कट्टी गरि रु. ५६ करोड संचित नाफा कायम भएको र त्यसलाई आ. ब. २०७८/७९ मा थोरै नाफा हुंदा पनि बित्तीय बिवरणले उद्योगको सकारात्मक आर्थिक अवस्थाको चित्रण गरेको छ । त्यसैगरी संचालक देबी प्रसाद बरालको टीमले तयार पारेको संगठन तथा जनशक्ति सर्भे प्रतिवेदन लागू भएको छ । बर्षौं देखि थुपारिएर राखेका पत्रुबाट मात्रै रु. ५ करोड ४९ लाख आय आर्जन गर्न श्री न्यौपाने सफल भएका छन् । नाफा थोरै तर भुक्तानी दायित्व धेरै भएकोले नगद प्रवाहमा बिक्रीले मात्रै धान्न सक्ने अवस्था नभएको, २०७८ असोजसम्म अवकास पाउने कर्मचारीलाई रु. १५ करोड भुक्तानी गरेको आदि कारणलेनै स्थिर पूंजी लगानीको लागि शेयरधनी उद्योग र अर्थ मन्त्रालयमा अनुरोध गर्नुपरेको हो ।
५. निश्कर्षमा गत वर्ष भन्दा कोइलाको भाउ ५० प्रतिशतले वृद्धि भएको, डिजेलको भाउ दोब्बर भन्दा बढी भएको, कर्मचारीको तलब १५ प्रतिशतले बढेको, अन्य कच्चापदार्थ र स्पेयरपार्टस आदिको भाउ पनि बढेको तर सो अनुपातमा सिमेन्टको भाउ बढ्नुको सट्टा घट्न गएको कारण उद्योगले यस आर्थिक बर्षमा नै नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ । त्यसको लागि अरु कुनै बिकल्प छैन, उद्योग बचाउने हो भने जसरी भएपनि उत्पादन क्षमताको पूर्ण उपयोग गर्दै दैनिक ६ हजार बोरा उत्पादन क्षमता वृद्धि गर्न सके मात्रै उद्योग नाफामा जाने भएकोले यस तर्फ विशेष गरि अर्थ मन्त्रालयको ध्यान जान जरुरी देखिन्छ ।
६. पछिल्लो समयमा उद्योग बन्द रहेको भन्ने समाचारहरुको बारेमा असोज १५ देखि २४ गतेसम्म दशै बिदा भएको, २५, २६ र २७ गते क्लिन सेल तथा इण्डष्ट्रीयल पम्प आदिको मर्मतमा समय लागेको, कच्चापदार्थको नियमितता लगायत युनियनहरुबाट उठेका बिषयमा छलफल गरि सहमति भै असौज मसान्त देखि क्लिंकर उत्पादन शुरु गरेको र तिहार तथा छठ पूजासम्म उद्योग बन्द गरि छठ पूजाको भोलिपल्ट देखिनै सिमेन्ट बिक्री शुरु भएको छ भने सिमेन्ट स्टक १ लाख बोरा भन्दा बढी भएकोले सिमेन्ट प्लाण्ट पनि दैनिक रातको समयमा संचालन गरिने गरिएको छ । क्लिंकर उत्पादन तर्फ क्लिनमा रेड स्पोट आएको कारण निरीक्षण गर्दा ५ सय पीस जति ईट्टा फेर्नुपर्ने, कुलर प्लेट, बीमको मर्मत गर्नुपर्नें, कोल मिलको लिकेज मर्मत गर्नुपर्ने भएकोले ती कार्यहरु भैरहेका छन्, ती कामहरु लगभग ती कामहरू पूरा हुदैछ, यता व्यवस्थापनले कोइलाको पर्याप्त स्टक गर्न प्रयास गरिरहेको छ, आजदेखिनै कोइला आउन थालेको छ, अब केही दिनमै उद्योग सूचारु गर्ने योजना रहेको छ ।
७. महाप्रबन्धक न्यौपाने आएपछि बजारमा गैंडाछाप सिमेण्टको नियमितता छ र अहिले पनि बजारमा कुनै अभाव छैन । उद्योग व्यवस्थापन, संचालक समिति र क्रियाशिल ट्रेड युनियन लगायत उदयपुरबासी सबैको तर्फबाट सरकारलाई तत्काल मिल मेसिनरी अपग्रेडिङ्ग तथा क्याल्सानाइर प्रविधि जडान गरि उत्पादन क्षमताको पूर्ण उपयोग गर्न र थप क्षमता बिस्तार गर्दै कोइलाको खपत कम गरि खर्च बचतको लागि तथा उद्योगको भविष्य सूनिश्चितताको लागि ५६ करोड ७२ लाख लगानी गरिदिन एकै स्वरमा आग्रह गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्