राजनीति

कार्तिक २५ गते काठमाडौँमा राप्रपाको चुनावी सभा



काठमाडौँ, २३ कार्तिक । राप्रपाले वसन्तपुरमा उपत्यका स्तरीय चुनावी सभा गर्ने भएको छ ।

आमसभालाई अध्यक्ष राजेन्द्र लिङदेनले र पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उमेदवारहरूले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रम समेत रहेको छ ।

देशका १४२ प्रतिनिधिसभा र २८६ प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएको राप्रपा सबैभन्दा बढी उमेदवार उठाउने एमाले पछिको दोस्रो दल हो । अध्यक्ष लिङदेन र पूर्व अध्यक्ष पशुपतिशमशेर जबराले सिन्धुपाल्चोक, सिन्धुली, सिराहा, मकवानपुर, उदयपुर र सुनसरीको धरानमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।