Banner News

गठबन्धनको फरक –फरक घोषणापत्रले जनता अलमलमाः ओली



काठमाडौ २३ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामा राजनीतिक भुइचालो गएको बताएका छन् । झापामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले डोटीमा जमिनको र झापामा राजनीति भूकम्प भएको बताए ।

उनले आफूले कांग्रेस, माओवादी, नेकपा एसका नेता कार्यकर्ता भित्र्याएपछि कति नेताहरु टाउको हात लगाएर बस्न बाध्य भएको बताए ।
उनले डोटीमा गएको भूकम्पपीडितको व्यवस्थापन र पुनिर्माणमा लाग्न सरकारको ध्यानकर्षण समेत गरे । उनले आफूले टिकट वितरण गर्दा नयाँलाई अवसर दिएकोे बताए । देश बनाउने पार्टी एमाले भएकाले सबैलाई आउन आग्रह गरे ।

उनले भने, ‘पार्टी प्रवेशको लहर यहाँमात्रै छैन । जिल्ला जिल्लामा छ । अरु पार्टीहरु थाम्नै नसकिने पहिरो गइरहेको छ । रोेक्न खोज्छन् । तर, सक्दैनन् ।’ओलीले सत्ता गठबन्धनले जनता अल्मल्याउने काम मात्रै गरेको बताएका छन्।
चुनावी सभामा बोल्दै उनले फरक(फरक घोषणापत्र ल्याएर गठबन्धनले जनतालाई अल्मलमा पारेको बताएका हुन्।
कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी एस को छुट्टाछुट्टै घोषणा पत्र छ। कुन घोषणा पत्र लागू हुने हो ?ओलीले भने, ‘यो जनतालाई अलमलमा पार्ने काम मात्रै हो, यो बुझेर नै जनतालाई गठबन्धनभन्दा अघि लाई राखेर भन्ने गरेका छन्।’