राजनीति

जुम्लाको कनकासुन्दरी र सिंजामा नमुना मतदान



काठमाडौँ, २४ कार्तिक । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदाता शिक्षा कार्यक्रम अन्तर्गत जुम्लाको कनकासुन्दरी र सिंजा गाउँपालिकामा नमुना मतदान गरिएको छ ।

नमुना मतदानमा देखिएका कमी–कमजोरी सच्याउन साथै मतदानको प्रक्रिया, मतपत्रमा स्वस्तिक छाप र मतपेटिकामा मत खसाल्नेसम्मको अभ्यास गराइएको छ ।

जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । एक नगरपालिका र ७ गाउँपालिका रहेको यस जिल्लामा हालसम्म सिंजा र कनकासुन्दरी गाउँपालिकामा पहिलोपटक नमुना मतदान कार्यक्रम गरिएको हो । अन्य गाउँपालिकामा छिट्टै नमुना मतदान कार्यक्रम गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । हालसम्मको नमुना मतदानमा अपेक्षा गरिएकोभन्दा धेरै मत बदर भएको पाइएको छ ।