Banner News

हाम्रो पार्टी देशमा परिवर्तन ल्याउन बनेको पार्टी हो : अध्यक्ष ओली



झापा, २४ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुने गरेको दावी गरेका छन् ।

आज झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पार्टी विकास गर्न जन्मेको भन्दै एमालेले जहाँ छोयो, जहाँ टेक्यो त्यहाँको विकास भएको दावी गरेका हुन् ।

उनले भने, ‘हाम्रो पार्टी देशमा परिवर्तन ल्याउन बनेको पार्टी हो । हाम्रो पार्टी शान्ति सुव्यवस्था र लोकतन्त्रका लागि बनेको, लडेको र लोकतान्त्रिक गणतन्त्र ल्याएको पार्टी हो । अब यी उपलब्धीहरुको रक्षा यसै पार्टीले गर्छ ।’

उनले धरहरा, रानीपोखरी, वसन्तपुर, पाटन र भक्तपुर दरबार स्क्वायर पुरानै ढाँचामा बनाएको भन्दै उनले जनकपुरमा एमालेकै कारण नेपालको आफ्नै रेल चल्न थालेको समेत बताए । उनले गठबन्धनसँग देश बनाउने कुनै कार्यक्रम नै नभएको भन्दै गठबन्धन कायम राख्ने भनेका दलहरूले आ-आफ्नै घोषणापत्र जारी गरेको बताए ।