काठमाडौँ, २४ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा २ मा सत्ता गठबन्धनका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिका लागि रहेको बताएका छन् ।
भच्चेकमा आज भएको कोणसभामा बोल्दै प्रचण्डले उनले कांग्रेस र माओवादीबीच सहमतिपछि देशमा शान्ति आएको बताए । उनले राजनीतिक परिवर्तनसँगै विकास निर्माण हुन सकेन भने व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको बताएका थिए ।
उनले भने, ‘संविधान रक्षाको साथै आर्थिक समृद्धिका लागि अहिले गठबन्धन गरिएको हो । मेरो बाँकी जीवन आर्थिक क्रान्तिका लागि हो ।’
५ वर्षभित्र गोरखाका कच्ची सडक कालोपत्र गरिने बताएका छन् । उनले धुलो, हिलो र खाल्डाखुल्डी भएका सडक भई आफू निर्वाचन क्षेत्रका गाउँ-गाउँ पुगेकोले अबको ५ वर्षभित्र ती सडक कालोपत्र गरिने बताए । प्रचण्डले भच्चेकलाई पर्यटकीय केन्द्र बनाउने पनि बताए ।
‘गोरखाबाट आर्थिक विकासको नमूना प्रस्तुत गर्नेछु,’ उनले भने। उनले संविधान नमान्ने प्रतिगमनलाई परास्त गर्न पनि आग्रह गरेका थिए। उनले सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन पनि आग्रह गरेका थिए।










प्रतिक्रिया दिनुहोस्