काठमाडौँ, २५ कार्तिक । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला १३ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९६ हजार २ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्