रुपन्देही, २६ कार्तिक । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने दाबी गरेका छन् ।
आज रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रममा बोल्दै आफूलाई यसवर्ष मतदाताहरुबाट विगतको भन्दा असाधारण साथ सहयोग रहेको उल्लेख गरे । उनले यस किसिमको समर्थन र सहयोग विगतका निर्वाचनमा बिरलै पाउने गरेको बताए ।
उनले भने. “हामीले जनताको अपार समर्थन प्राप्त भइरहेको देखिरहेका छौँ । यो समर्थन, सद्भावकाप्रति नतमस्तक भएर मतदाता महानुभावहरुलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ,” “विगतका कुनै पनि मतान्तर भन्दा फराकिलो मतान्तरमा यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा शानदार ढंगले हामी जित दर्ता गर्नेछौँ ।”
उपाध्यक्ष पौडेलले आसन्न निर्वाचन जितेर रुपन्देही जिल्लालाई भौतिक र मानविक विकासका दृष्टिकोणले देशकै नमूना बनाउने उद्घोष गरे ।










प्रतिक्रिया दिनुहोस्