काठमाडौँ, २७ कार्तिक । मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अवसरमा नेपाल टेलिकमले एक अफर ल्याएको छ ।
नेपाल टेलिकमका अनुसार सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताकासाथ मोबाइलमै प्राप्त गर्नका लागि निर्वाचन अफर ल्याएको हो । यस अफरमार्फत सस्तो दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा रु. २९४ मा उपलब्ध रहेको टेलिकिमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध गराइएको छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक पनि जम्मा रु. ४९ मा उपलब्ध हुने टेलिकमको भनाइ छ यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने छ । यो अफर आइतबारदेखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ ।










प्रतिक्रिया दिनुहोस्