Banner News

प्रचण्ड दक्षिणपन्थीकाे शरणमा पुगे: अध्यक्ष ओली



सुर्खेत, २७ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प दाहाल प्रचण्ड दक्षिणपन्थीकाे शरणमा पुगेकाे बताएका छन् ।

आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै ओलीले सरकार सहज रूपमा चलाउन नदिएपछि ताजा जनादेशका लागि संसद् विघटन गरेको बताए । केही दिनअघि माओवादी अध्यक्ष प्रचण्ड रास्कोट पुगेर ओलीलाई प्रतिगमनकारी भनेका थिए । ओलीले त्यसको जवाफ दिँदै भने, ‘कांग्रेसका पछाडि लागेर रास्कोट आएर प्रतिगमन गर्योत रे । मैले प्रतिगमन गर्ने काम कहिलै गरिनँ ।’

गठबन्धनलाई प्रतिगमनको आरोप लगाउदै उनले भने, ‘हामीले राष्ट्रिय हितका विषयमा शिर झुकाएर कुरा गरेनौँ, एमालेले प्रतिगमन गर्यो रे ? ‘ माओवादीलाई साथमा लिएर ३६ सिट जितायौँ, तर सहमतिलाई तोडे, दक्षिणपन्थी शक्तिसँग मिलेर सरकार टुटाउने काम गरे, जहिले नक्कली कुरा गरे । ’
उनले त्यतिमात्र भनेनन् प्रचण्डलाई अर्काको देशको हतियार ल्याएर नेपाली जनताको घाँटी रेट्ने काम गरेको बताए । ‘मैले कहिलै प्रतिगमन गर्ने काम गरेन, प्रचण्ड जस्तो बरु प्रतिगमका विरुद्धमा लड्नु छ,’ओलीले भने,‘ देउवाहरु प्रतिगमन जोगाएँ भन्दै हुनुहुन्छ, म भन्छु यति पाउनुभएको छ भने अहिलै ल्याएर बुझाइदिनुहोस् ।’