पोखरा, २८ कार्तिक । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ ।
आउँदो जनवरीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडान आफ्नो कम्पनीले गर्ने घोषणा गर्न पाउँदा गौरवान्दित महसुस गरेको कम्पनीले जनाएको छ ।
आइतवार, मङ्गलवार र बिहीवार गरी हप्तामा तीन दिन पोखरा–बनारस उडान गर्ने बुद्धले जनाएको छ । यस्तै पोखरा–दिल्ली र पोखरा देहरादुन उडानका लागि एअर ट्राफिक सर्भिसेस अर्थात् एअर रुटका लागि नेपाल सरकारले भारतसँग पहल गरिरहेको र बनारसको विमानस्थलमा स्लटका लागि भारतीय सरकारसँग छलफलमा रहेको बुद्धले जनाएको छ । अहिले बुद्ध एअरलाइन्सले काठमाण्डौ–बनारस नियमित उडान गर्दै आएको छ ।










प्रतिक्रिया दिनुहोस्