जनकपुरधाम, २९ कार्तिक । महोत्तरीको बलवा ७ बनौटा टोलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन् ।
महोत्तरीका प्रहरीका अनुसार पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ता रहेका छन ।
पार्टीका केन्द्रीय सदस्य विरेन्द्र यादव, राजेश्वर यादवलगायतका ६ जना र गाडी चालकलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट चुनाव विरोधी पर्चा तथा माइकिङ सामग्री वरामद गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्