अर्थ

नेप्से ६.५९ अंकले घट्यो



काठमाडौँ, २९ कार्तिक । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । आज बजार परिसूचक नेप्से ६.५९ अंक (०.३५ प्रतिशत) ले गिरावट भएर १८९६.३८ अंकमा बन्द भएको छ ।

मंगलबार बैंकिङ, निर्जीवन बीमा कम्पनी, व्यापार उपसूचकमा वृद्धि भएको छ भने त्यसबाहेकका सबै उपसूचक घटेको छ । विकास बैंक, वित्त कम्पनी र उत्पादनमुलक उपसूचक भने १ प्रतिशत माथिले गिरावट भएको छ । नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही वृद्धि भएर १ अर्ब नाघेको छ । मंगलबार २७ लाख ४५ हजार १०९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २ करोड ३६ लाख १० हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड २२ लाख ३५ हजारको कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख ९८ हजारको सेयर कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको ४ करोड ६७ लाख २२ हजारको कारोबार भएको छ ।

अज नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १३३ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ४३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ९ कम्पनीको भने स्थिर छ ।