अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ३० कार्तिक । आज बजारमा सुन मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला २ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ९ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज ३० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।