समाचार

उपत्यकामा निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक



काठमाडौँ, ३० कार्तिक । काठमाडौँ उपत्यकामा मंसिर १ बाट निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार सो निर्णय गरेका हुन् ।

मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ को मध्यराति सम्म मदिरा बिक्रीमा रोक लगाउने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । मतगणनास्थलमा चाहिँ गणना नसकिएसम्म मदिरा बेचबिखन गर्न पाइँदैन । मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ ।

त्यस्तै, उपत्यकामा मंसिर ४ मा सवारी–साधन संचालनमा रोक लगाउने निर्णय गरिएको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयले मंसिर १ र २ मा अत्यावश्यक बाहेकका सेवा स्थगन गर्ने निर्णय गरेका छन् ।