काठमाडौँ, ४ मंसिर । आजको मौसम सामान्य रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाको अनुमान छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली हुनेछ ।










प्रतिक्रिया दिनुहोस्