राजनीति

तानसेनमा खसेका ६८ मत रद्ध गरी फेरि मतदान



पाल्पा, ४ मंसिर । पाल्पाको तानसेन नगरपालिका ६ जनप्रिय मावि मतदान केन्द्रमा बिहान भएको मतदान रद्ध गरि फेरि मतदान थालिएको छ ।

६८ मत खसेपछि त्यहाँ समानुपातिक तर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक अर्कामा साटिएको पत्ता लागेको थियो ।

त्यसपछि विवाद भएको थियो । ती खसेका सबै मत रद्ध गर्ने र ६८ जनालाई फेरि मतदान गर्न लगाउने सर्वदलीय बैठकको निर्णय अनुसार फेरि मतदान सुरु भएको हो ।