काठमाडौँ, ५ मंसिर । योगेश गौचन थकाली प्रतिनिधिसभा निर्वाचन २०७९ को पहिलो विजेता बनेका छन् ।
नेपाली कांग्रेसका २९ वर्षीय उमेदवार योगेश नेपाली कांग्रेसका मुस्ताङ सभापति तथा पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । मुस्ताङका पूर्वजिल्ला कार्यसमिति सचिव तथा हाल गण्डकी प्रदेश कार्यसमितिका कार्यसम्पादन समिति सदस्य योगेश युवा व्यवसायीसमेत हुन् ।
योगेशले तीन हजार ९९२ मत ल्याएर चुनाव जित्दा एमालेका तुलाचनले तीन हजार ७८ मत पाए । १० हजार ९५७ जना मतदाता रहेको मुस्ताङमा आइतबार भएको निर्वाचनमा ७ हजार २३० मत खसेको थियो । २०७४ को चुनावमा कम मतान्तरले कांग्रेस पराजित भएको क्षेत्रमध्ये मुस्ताङ पनि एक थियो । एमालेका तुलाचनले ३ हजार ५४४ मत पाएर निर्वाचित हुँदा कांग्रेसका रोमीले ३ हजार १८१ मत ल्याएका थिए । यसपटक प्रत्यक्षमा उम्मेदवार हुने रुची नदेखाएका रोमी समानुपातिक तर्फ पनि बसेनन् ।
योगेशले चीनको सिमानामा रहेको कोरला नाका सञ्चालन गर्न चिनसँग कुटनीतिक पहल गर्ने, त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिने बताएका छन् । जोमसोम–कोरला सडक कालोपत्रे गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदाता समक्ष प्रतिवद्धता गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्