राजनीति

सुर्खेतको सिम्तामा भोलि मतदान



सुर्खेत, ५ मंसिर । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (क) को सिम्ताको एक मतदान केन्द्रमा स्थगित मतदान भोलि मंगलबार गर्ने निर्णय भएको छ ।

सिम्ता गाउँपालिका–६ स्थित बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रदेशसभातर्फको मतपत्रमा प्रतिनिधिसभाको मतपत्र भेटिएपछि मतदान स्थगित भएको थियो ।