सर्लाही, ६ मंसिर । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार धनकौल गाउँपालिका–५ छठिघाट पुलस्थितमा बरहथवाबाट मधुवनी जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा सितामढी घर भएका ४० वर्षीय मुकेश राय यादवको मृत्यु भएको हो । बिआर–३० जेड ४८७४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो । मृतकको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।
मोटरसाइकल पछाडि सवार सर्लाही बलरा–५ घर भएका संजय यादव घाइते भएका छन् । उनको बारास्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्