दाङ, ७ मंसिर । दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका –९ नयाँबस्ती निवासी शोभाराम विकको १३ महिनाकी छोरी पुष्पा बिकको मृत्यु भएको हो ।
नारायणपुरबाट विद्यार्थीलाई छोड्न गएको बाल प्रतिभा इंग्लिस बोर्डिङ स्कुलको अनटेष्ट बसको ठक्करबाट बालिकाको मृत्यु भएको हो । बालिकालाई ठक्कर दिए लगत्तै भागेका चालकको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्