राजनीति

समानुपातिकतर्फ एमालेको मत १० लाख कट्यो



काठमाडौँ, ९ मंसिर । समानुपातिकतर्फ एमालेको अग्रता कायमै छ । अहिलेसम्म एमालेले १० लाख मत कटाएको छ । समानुपातिकतर्फको मतगणनामा सुरवातदेखि नै अग्रता लिइरहेको एमालेले १० लाख ५ सय ७४ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले ९ लाख ५२ हजार ९ सय ८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ७५ हजार ६ सय २७ मतसहित तेस्रो स्थानमा छ ।

त्यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले चार लाख ४० हजार ७ सय १६ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ५४ हजार ३ सय ९३ मत पाएको छ । जनता समाजवादी पार्टीले १ लाख २७ हजार ९ सय ५५, जनमत पार्टीले ७५ हजार ८ सय १०, एकीकृत समाजवादी ७० हजार ७ सय ९४, नागरिक उन्मुक्ति पार्टीले ६९ हजार ९ सय ५१, नेपाल मजदुर किसान पार्टीले ५६ हजार ९ सय १ मत पाएको छ ।