समाचार

छिन्नमस्तास्थित कृषि फार्ममा आगलागी



राजबिराज, १० मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारी सखडा सडक खण्डस्थित गोविन्दा कृषि तथा पशुपक्षी फार्ममा शुक्रबार राति आगलागी भएको छ ।

आगलागीबाट दुई घर, १५ बोरा कुखुराको दानालगायत सामग्री जलेर नष्ट भएको फार्मका सञ्चालक गोविन्दकुमार मण्डलले जानकारी दिए ।

आगलागीको कारण भने खुल्न सकेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेश सिंहले बताए । रासस