दाङ, १० मंसिर । तुलसीपुरको मलवारमा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मा ५० वर्षीय सुरेश डाँगीको आज दिउँसो साढे २ बजे स्थानीय मलवारे कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो ।
करेन्ट लागेका सुरेशकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्