Banner News

अध्यक्ष ओली र नेता सिंहबीचकाे भेटले जन्माएको आशंका



काठमाडौँ, १२ मंसिर । नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद प्रकाशमान सिंह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आइतबार बालकोट पुगेका छन् ।

निर्वाचनको परिणाम अन्तिम चरणमा रहेको र नयाँ सरकार बन्ने तयारी भइरहेका बेला प्रधानमन्त्रीको दौडमा रहेका सिंहले ओलीलाई भेटेपछि अनेकन आशंका गरिएको छ ।

ओली र सिंह भेट भएको पुष्टि गरेको एमाले सचिवालयले छफलफलको विषयबारे कुनै जानकारी गराएको छैन । यो समाचार आजका नेपाल समाचारपत्र दैनिकमा छ ।