काठमाडौँ, १४ मंसिर । प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख मत कटाएको छ ।
एक करोड ४२ हजार ५१४ मत गनिसक्दा एमालेले ताजा अवस्थामा २७ लाख ९०४ मत ल्याउन सफल भएको हो । आज दिउँसो १ बजेसम्म एमालेले २७ लाख कटाउँदा कांग्रेसले २५ लाख ५९ हजार ३९१ मत ल्याएको छ ।
उता माओवादी केन्द्रले ११ लाख ४५ हजार ३९१ मत ल्याएर तेस्रोमा छ। चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १६१ मत ल्याएको छ ।










प्रतिक्रिया दिनुहोस्