समाचार

ढुङ्गाले च्यापेर एक बालकको मृत्यु



अछाम, १५ मंसिर । अछाममा वन तरुल निकाल्ने क्रममा ढुङ्गाले च्यापेर एक बालकको मृत्यु भएको छ ।

मङ्गलसेन नगरपालिका वडा नम्बर–११ खिमाडाका पूर्ण भुलका छोरा गौतमको बुधबार मृत्यु भएको हो । दाजुसँग बाख्रा चराउन गएका गौतमलाई वन तरुल निकाल्ने क्रममा ढुङ्गाले च्यापेको अवस्थामा फेला परेको वडाअध्यक्ष नरबहादुर भण्डारीले जानकारी दिए ।

१३ वर्षका गौतम मङ्गला नेपाल राष्ट्रिय मावि ओलीगाउँमा ५ कक्षामा अध्ययनरत थिए । दाजुले हाम फालेर ज्यान जोगाएका छन् ।