काठमाण्डौ,१५ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत हालसम्म ४ वटा समूहका खेलहरू सकिएका छन् । यी समूहबाट अन्तिम १६ मा प्रवेश गर्ने ८ वटा टोली अहिलेसम्म टुंगिसकेका छन् । बुधबार राति समूह सी र डीका खेलहरुबाट अर्जेन्टिना समूह विजेता र पोल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् । समूह डीबाट फ्रान्स र अस्ट्रेलिया समूह विजेता र उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।
अब नकआउट चरणमा अर्जेन्टिनाले अस्ट्रेलियासँग डिसेम्बर ४ मा बिहानको समयमा सामना गर्नेछ भने फ्रान्स र पोल्याण्डबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै समूह ए बाट नेदरल्याण्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो भने सोही समूहबाट सेनेगल उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो । समूह बी बाट इंग्ल्याण्ड र अमेरिका समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका छन् ।
अन्तिम १६ मा दुई समूहका विजेता र उपविजेताबीच भिडन्त हुनेछ । अन्तिम १६ को पहिलो खेलमा समूह एको विजेता नेदरल्याण्ड्सले समूह बीको उपविजेता अमेरिकाको सामना गर्नेछ भने यी दुई टोलीबीच ३ डिसेम्बरमा खलिफा अन्तर्राष्ट्रिय स्टेडियमा खेल हुनेछ । समूह बीको विजेता इंग्ल्याण्डले समूह एको उपविजेता सेनेगलसँग खेल्नेछ । दुई टोलीबीच अद बयात स्टेडियममा डिसेम्बर ५ को बिहान खेल हुनेछ ।










प्रतिक्रिया दिनुहोस्