काठमाडौँ, १७ मंसिर । काठमाडौँ महानगरपालिकाले वायु प्रदूषण रोकथाम तथा नियन्त्रणका लागि आग्रह गरेको छ । वायुको खराब गुणस्तरका कारण बालबालिका, जेष्ठ नागरिक, दम, खोकी तथा स्वासप्रस्वास सम्बन्धी विरामी र मुटुका रोगीहरू जोखिममा पर्ने भएकाले वायु प्रदूषण रोकथाम गर्नु पर्नेमा महानगरको जोड छ ।
काठमाडौँ उपत्यकामा यातायातका साधनले उत्सर्जन गर्ने धुँवा, सडक तथा अन्य निर्माण कार्य सम्पन्न हुँदा निस्कने धुलोका कणहरू, उद्योग, कलकारखानाहरूबाट निस्कासन हुने धुँवा तथा धुलोहरू र खुला रूपमा जलाइने प्लास्टिकजन्य फोहोरमैलाबाट निष्किने धुँवाले वायु प्रदूषण बढेको महानगरले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्