भक्तपुर, १७ मंसिर । जिल्लाको सूर्यविनायक नगरपालिकाले भू–उपयोग वर्गिकरणको आधार तयार पारेको छ ।
शुक्रबार बसेको बैठकले भू–उपयोग वर्गिकरणको आधार तयार पारेको हो । नगरपालिकाले भू–उपयोग वर्गिकरणको ८ वटा आधार तयार गरेको छ । तयार पारिएको आधारमा राजकुलो, खोल्सी र खोला छेउको जग्गाको हकमा RoW छोडी त्यहाँ कायम हुने बाटोको चौडाईको आधारमा बुँदा नं. ५ बमोजिम आवासीय तथा व्यवसायीक क्षेत्रको सडक पश्चातको गहिराई तोकिने भएको छ । उक्त राजकुलो, खोल्सी तथा खोलाको छेउ वा राजकुलो, कुलोमा सडक निर्माण भइसकेको भए सडकको मापदण्ड पुरा गरी आवासीय तथा व्यवसायीक भवन निर्माण गर्न पाउने प्रावधान तयार गरिएको वडा नं. ७ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।
उहाले भन्नुभयो, ‘सूर्यविनायक नगरपालिकाकाे भू-उपयाेग बर्गिकरण कार्यान्वयन समितिकाे बैठक सम्पन्ह बैठकले भू-उपयाेग वर्गिकरण आधार तय गरेकाे छ । यस प्रस्तावित आधारलाई आवश्यक सुझाव सहित परिषदले निर्णय गर्ने छ । नगरवासीहरुमा आवश्यक सुझावकाे अपेक्षा गर्दछाै ।’ नगरप्रमुख बाशुदेव थापाको संयोजकत्वमा भएको कार्यक्रममा उपप्रमुख सरिता भट्टराई, कार्यपालिकाका सदस्यहरु, वडाका जनप्रतिनिधिहरु तथा नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्