राजनीति

स्थानीय तहमा अपेक्षाकृत काम भएन



काठमाडौँ, १७ मंसिर । पाँच वर्षमा प्रशासनिक र वित्तीय संघीयता कमजोर हुँदा स्थानीय तहमा अपेक्षाकृत काम हुन नसकेको ठहयाइएको छ । २०७४ सालमा भएको स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनबाट संघीयता कार्यान्वयन भएपछि बनेको नयाँ सरकारले प्रशासनिक र वित्तीय संघीयता प्रभावकारी कार्यान्वयन गर्न नसक्दा स्थानीय तहमा अपेक्षाकृत काम हुन नसकेको विज्ञहरूले ठहर गरेका छन् ।

संघीयता तथा स्थानीय शासन विज्ञले अब बन्ने नयाँ सरकारले प्रशासनिक कर वित्तीय संघीयतालाई प्रभावकारी कार्यान्वयन गर्दै नागरिकको नजिकको सरकारका रूपमा रहेको स्थानीय तहलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन् । स्थानीय शासनविज्ञ कृष्णप्रसाद सापकोटाले अब नयाँ सरकारले तीनै तहबीच आवश्यक समन्वय र सहकार्य गरेर विकास निर्माण र सेवा प्रवाहको काममा सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार गएको पाँच वर्षमा अन्तर सरकार र अन्तर पालिकाबीच पर्याप्त समन्वय हुन नसक्दा कतिपय काम र योजना कार्यान्वय नहुन सकेन । अब बन्ने नयाँ सरकारले भने सबै तहबीच समन्वय गरी काम गर्दा स्थानीय तह झनै बलियो बन्नेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।