प्युठान, २० मंसिर । विवाहको भोज खाएका एकै गाउँका ३५ जना बिरामी परेका छन् ।
जिल्ला प्रशासन कार्यालय प्युठानका अनुसार प्युठान नगरपालिका–६ माझकोटका ३५ जना पाल्पाको एक बिहेभोजमा भोज खाएपछि बिरामी परेका हुन् ।
उनीहरूमा ज्वरो, पेट दुख्ने, टाउको दुख्ने, पखाला लाग्रे, बान्ता आउने समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पताल बिजुवार भर्ना भएका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।
१७ गते प्युठान नगरपालिका–६ गुरुङ गाउँका मेघराज गुरुङको विवाहमा ५४ जना जन्ती पाल्पा गएर १८ गते फर्किएपछि ३५ जना बिरामी परेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्