समाचार

आजको मौसम



काठमाडौँ, २१ मंसिर । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नहुँदा केही समययता वर्षा र हिमपात नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज हिमपात र वर्षाको सम्भावना छैन । आज बिहान देशको पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।