समाचार

सीतापुरमा कार दुर्घटना हुँदा पाँच जना घाइते



अर्घाखाँची, २४ मंसिर । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–२ सीतापुर झोलुङ्गे पुल नजिकै कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर छ । तनहुँको आबुखैरेनीबाट सुपा देउराली दर्शन गर्न पुगेका उनीहरु फर्कने क्रममा कार झोलुङ्गे पुल नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारका लागि थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।