काठमाडौँ, २४ मंसिर । नेपाली सेनाका पूर्वरथी बलदेवराज महत आफ्नै घरमा मृत फेला परेका छन् ।
महत शनिबार बिहान काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटार स्थित घरमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनी जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार झुन्डिएको अवस्थामा फेला परेका उनलाई त्यसलगत्तै ह्याम्स अस्पताल लगिएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
त्यसपछि महतको शव पोस्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो । पोस्टमार्टमपछि उनको शव परिवारले बुझेर दाहसंस्कारका लागि आर्यघाट लगिएको छ ।










प्रतिक्रिया दिनुहोस्